रोचक/विचित्र संसार

उस्तै अनुहारका दुई अपरिचित व्यक्ति संयोगले भेटिएपछि…

By खबरहब

June 15, 2020

एजेन्सी- जुम्ल्याहा मानिसहरुको अनुहार र आनीबानी मिल्नु नौलो कुरा होइन । तर नितान्त अपरिचित केही व्यक्तिहरु पनि उस्तै अनुहारका हुने गरेका घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।

हालै लन्डनको एउटा प्लेनमा उस्तै अनुहार भएका दुई व्यक्ति एकैसाथ संयोले भेटिएका थिए ।

उनीहरुलाई देखेर अन्य मानिसहरुले जुम्ल्याहा होलान् भन्ने अनुमान गरेका थिए । तर, वास्तविकता भने अर्कै थियो । उनीहरु एक अर्कालाई चिन्दैनथे । न त उनीहरु ट्वीन्स नै थिए ।

स्वयं उनीहरु नै एक अर्कालाई देखेर आश्चर्य चकित बनेपछि अन्य यात्रुहरु पनि छक्क परेका थिए ।

डगलस र रोबर्ट नामका यी व्यक्तिहरुको कपालको रंग, दारी र अनुहार  पनि उस्तै उस्तै थियो ।

एजेन्सीको सहयोगमा