पदाधिकारी पुनर्बहाली लागि एन्फाको आकस्मिक बैठक बस्दै « Khabarhub

पदाधिकारी पुनर्बहाली लागि एन्फाको आकस्मिक बैठक बस्दै


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका पूर्वमानार्थ अध्यक्षको पुनर्बहालीका लागि एन्फाले आकस्मिक बैठक बोलाएको छ ।

आज दिउँसो १ बजेकालागि बोलाइएको पदाधिकारी बैठकमा डेढ वर्ष अगाडि कारबाहीमा परेका पूर्वमानार्थ अध्यक्ष टासी घलेको पुनर्बहाली मुख्य एजेन्डा रहेको छ ।

विक्रम संवत् २०७५ को पुष महिनामा एन्फा निर्वाचनमा अनियमितता गरेको भन्दै घलेसहितको असन्तुष्ट पक्षले एक अडियो टेप नै सार्वजनिक गरेको थियो ।

उक्त प्रकरणपछि एन्फाले घलेलाई कारबाही गर्दै मानार्थ अध्यक्ष पदबाटसमेत हटाएको थियो । एन्फाले त्यो बेला चितवन साधारण सभामा अनुपस्थित भएको कारण देखाउँदै घलेलाई कारबाही गरेको जनाएको थियो ।

आफूलाई विधान विपरित कारबाही गरिएको भन्दै घले सर्वोच्च अदालत पुगेका थिए । अदालतले गएको मंसिरमा उनको पक्षमा सुनुवाइ गर्दै राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) लाई उनको पुनर्बहाली गर्न आदेश दिएको थियो ।

नोबेल कोरोना भाइरसको महामारीकाबीच आकस्मिक बैठक बोलाएर घलेलाई पर्काउनु आश्चर्यको विषय भएको एन्फा स्रोत बताउँछ ।

‘यस्तो संकटको समयमा एक व्यक्तिका लागि आकस्मिक बैठक बोलाउनु हास्यास्पद कुरा हो,’ स्रोतले भन्यो, ‘आकस्मिक बैठक कस्तो परिस्थितीमा बोलाउने भन्ने सामान्य जानकारी नै नभए जस्तो भयो ।

नेपाल सरकारले केही महत्वपूर्ण निर्णय गर्यो, फिफाले तत्काल केही निर्णय गरे कस्तो बैठक बोलाउनु परे के भन्ने?’ एन्फा अध्यक्ष भने बैठकमा अन्य पनि एजेन्डा रहेको र घलेले अनुशासन समितिमा आत्माआलोचना गरेकाले पुनर्बहाली गर्नेबारे बैठकमा छलफल हुने बताएका छन् ।

एन्फा बैठकमा भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाही, कोरोनाको राहत र विविध गरि ४ वटा एजेन्डा रहेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ४७ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित