एक जना कोरोना संक्रमितको उपचारको बिल झण्डै १४ करोड ! « Khabarhub

एक जना कोरोना संक्रमितको उपचारको बिल झण्डै १४ करोड !


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी अस्पतालमा कोभिड-१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ ।

तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोभिड-१९को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ ।

समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो ।

एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए ।

तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । समाचार अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो । यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर (करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ) को थियो ।

बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो ।

तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ ।

मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् । सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् ।

उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । रासस

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ०७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र