गण्डकी प्रदेशमा छ जना थपिए कोरोना सङ्क्रमित « Khabarhub

गण्डकी प्रदेशमा छ जना थपिए कोरोना सङ्क्रमित


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लामा गरी थप छ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । तनहुँको घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

सङ्क्रमितहरु वर्ष ४५, २२, २७, २७, र ४६ का पुरुषहरु रहेकामा उनीहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेशन कक्षमा ल्याइएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक जना पुरुषमा समेत सङ्क्रमण पुष्टि भएकाले उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका हिमाल पारिका मनाङ र मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४६, बागलुङमा ४०, पर्वतमा २६, गोर्खामा १५, तनहुँमा नौ, कास्कीमा पाँच, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्य नौ जना महिला छन् । सङ्क्रमित मध्य १६ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।

सङ्क्रमितहरुको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । कालिका सामुदायिक अस्पतालमा स्याङ्जामा ५१, प्राकृतिक चिकित्सालय रजहरमा ३४, कोरोना अस्पताल पर्वतमा २५, धौलागिरि क्याम्पस आइसोलेशन वार्डमा १७, धौलागिरि अस्पतालमा ११, गोरखा अस्पतालमा १४, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात, जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा नौ, कोरोना अस्पताल भरतपुरमा पाँच, मध्यविन्दु अस्पताल नवलपरासी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चार/चार र स्याङ्जा र बेनी अस्पतालमा तीन/तीन जनाको उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ (कोरोना नभएको) आएको छ । स्वाब लिइएकाहरु मध्ये दुई हजार ३८२ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  २ : २५ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः