कोरोना अस्थायी अस्पताल चलाउन ४८ स्वास्थ्यकर्मी माग « Khabarhub

कोरोना अस्थायी अस्पताल चलाउन ४८ स्वास्थ्यकर्मी माग


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूदुरपश्चिम प्रदेशले कोरोना अस्थायी अस्पताल सञ्चालन गर्न ४८ जना डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी माग गरेको छ ।

समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले ४८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आव्हान गरेको हो ।

सुदूरपश्चिम प्रदेशले फिजिसियन ५ जना, एनेस्थोलोजिष्ट २ जना, मेडिकल अफिसर १० जना, बायोमेडिकल इन्जिनियर १ जना र स्टाफ नर्स ३० जनाका लागि दरखास्त आव्हान गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले इच्छुक व्यक्तिलाई ५ दिन भित्र दरखास्त पेश गर्न आव्हान गरेको छ । सुदूरपश्चिम प्रदेशले आवेदकलाई अन्तर्वार्ता मार्फत छनोट गरी करार सेवामा राख्नेछ ।

अन्तर्वार्ताबाट छनोट भएका स्वास्थ्यकर्मीले सेती प्रादेशिक अस्पतालको हाताभित्र सञ्चालित पाँच शय्याको आईसीयू र नवनिर्मित कोरोना अस्थायी अस्पतालमा काम गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : १२ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार