उपाध्यक्ष उपस्थित नभएपछि भोलिलाई सर्‍यो एन्फाको आकस्मिक बैठक « Khabarhub

उपाध्यक्ष उपस्थित नभएपछि भोलिलाई सर्‍यो एन्फाको आकस्मिक बैठक


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज दिउँसो १ बजेका लागि बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक बैठक भोलिलाई सरेको छ ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले स्वास्थ्यको कारण देखाउँदै बैठकमा आउन नसक्ने बताएपछि आपतकालिन बैठक स्थगित गरिएको एन्फाले बताएको छ ।

आकस्मिक बैठकका कुनैपनि सदस्य अनुपस्थित रहेको खण्डमा बैठकको निर्णयले बैधता नपाउने एन्फा विधानमा उल्लेख छ ।

सोही अनुसार समिति सदस्य रहेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग बैठकमा नआएपछि आपतकालिन बैठक स्थगित भएको हो ।

एन्फाले महत्वपूर्ण बिषयमा निर्णय गर्न आपतकालिन बैठक बोलाएको थियो । एन्फाको मानार्थ अध्यक्ष पुनर्बहाली गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको हो ।

सोमबार हुन नसकेको बैठक मंगलबार २ बजेलाई बोलाइएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : २७ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा