कर्णाली प्रदेशमा एकैदिन ११० संक्रमित थपिए « Khabarhub

कर्णाली प्रदेशमा एकैदिन ११० संक्रमित थपिए


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा दैलेखका मात्र ९१ जना छन् । त्यस्तै सुर्खेतका १९ जना छन् ।

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा १०७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको परीक्षणमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका सङ्क्रमितहरू दुई वर्षका बालकदेखि ५४ वर्ष सम्मका पुरुषसम्म छन् । २१ देखि २३ वर्ष उमेर समूहका ५ जना महिला छन् ।

योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ पुगेको छ । अहिलेसम्म १५१ जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।

No photo description available.

No photo description available.

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : ३८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस