प्रहरी हिरासतमा मान्छे मारेको आरोपमा मुसहर समुदायद्वारा सप्तरीमा प्रदर्शन « Khabarhub

प्रहरी हिरासतमा मान्छे मारेको आरोपमा मुसहर समुदायद्वारा सप्तरीमा प्रदर्शन


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- धनुषाको सबैलामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका एक व्यक्तिको प्रहरीले हत्या गरेको आरोपमा सोमबार सप्तरीको सदरमुकाम राजविराजमा प्रदर्शन भएको छ ।

नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीको अुगवाईमा घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माँग गर्दै प्रर्शन गरिएको हो ।

धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा गत जेठ १४ गते नियन्त्रणमा लिइएका शम्भु सदा जेठ २८ गते हिरासत कक्षकै शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीले सदाले आत्महत्या गरेको दाबी गरिरहँदा मृतकका आफन्त तथा स्थानीयले भने सदाको हत्या नै भएको दाबी गर्दै आएका छन् ।

दोषिमाथी कारवाहीको माग गर्दै प्रदर्शनकारीले बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रहरी हिरासतमा मान्छे मार्न पाइदैन्, प्रहरी दमन बन्द गर, शम्भु सदालाई न्याय दे लगायतका प्लेकार्ड सहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला संयोजक राजेश्वर सदा, केन्द्रीय सदस्य गंगा सदा, सलिता सदाय, बद्री सदायलगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुल सत्यतथ्य छानबिन गरि दोषीमाथी कारवाही नगरिए आन्दोलन चर्काउने चेतवानी समेत दिएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : २९ बजे

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा