सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट (पूर्णपाठ सहित) | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट (पूर्णपाठ सहित)


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ ।

सोमबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले प्रदेशसभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बजेट प्रस्तुत गरेका हुन् ।

अगामी आर्थिक वर्षको कुल विनियोजन मध्ये चालू तर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको छ।

अन्तर सरकारी वित्तीय व्यवस्थापन तर्फ २ अर्ब १३ करोड ५० लाख अर्थात् ६.४ प्रतिशत तथा वित्तीय व्यवस्थापन तर्फ ३० करोड अर्थात ०.९ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्र सुधारका साथै कृषि, सडक, खानेपानी, सिँचाई, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको मन्त्री बोहराले जाानकारी दिए । उनले पर्यटन शुल्कलाई मिनाहा गर्ने पनि बताए ।

विकास आयोजनालाई पनि निरन्तरता दिने गरी बजेट ल्याएको बोहराले जानकारी दिए ।

बजेटको पूर्ण पाठ

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : १७ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ