शिवसेना नेपालद्वारा बिराटनगरमा राँके जुलुस प्रदर्शन | Khabarhub Khabarhub

शिवसेना नेपालद्वारा बिराटनगरमा राँके जुलुस प्रदर्शन


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- शिवसेना नेपालले सोमबार साँझ मोरङको बिराटनगरमा राँके जुलुस प्रदर्शन गरेको छ ।

मोरङ जिल्ला अध्यक्ष सतिश पोखरेल तथा उपाध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा निस्किएका शिव सेना नेपालका कार्यकर्ताहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले गणतन्त्र विरोधी नारा लगाउँदै राजसंस्था पुनःस्थापनाको माग गरेका थिए । उनीहरुले नेपालको अतिक्रमित भूमि एक इन्च पनि नछोड्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

राँके जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी-व्यवसायी लगायत स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

मोरङ जिल्ला अध्यक्ष पोखरेलको नेतृत्वमा बलियामा जुलुस निकािलएको थियो भने उपाध्यक्ष शम्भु श्रेष्ठ, नगर अध्यक्ष टेकराज पोखेरल र नगर सचिव मोहनमहन दहाल नेतृत्वको टोलीले नर्सिङ चोकमा जुलुस निकालेको थियो।

 

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ४५ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको