नेपाल–भारतबीच 'रोटी बेटी'को सम्बन्ध छ, कुनै शक्तिले तोड्न सक्दैनः भारतीय रक्षामन्त्री | Khabarhub Khabarhub

नेपाल–भारतबीच ‘रोटी बेटी’को सम्बन्ध छ, कुनै शक्तिले तोड्न सक्दैनः भारतीय रक्षामन्त्री


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध रोटी बेटीको भएको जनाउँदै विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् ।

सोमबार जनसंवादलाई भिडिओ कन्फ्रेन्समार्फत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले दुई देशबीचको सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् ।

‘हामीबीच रोटी बेटीको सम्बन्ध छ र विश्वको कुनै शक्तिले यसलाई तोड्न सक्दैन । सीमाको विषयमा जसले जे भने पनि हाम्रो सम्बन्ध अटुट रहन्छ’, उनले भने ।

उनले यो मार्गप्रति नेपालमा उत्पन्न भएको भ्रमलाई वार्ताको माध्यमबाट समाधान गरिने बताए । रक्षामन्त्री सिंहले धार्चुला–लिपुलेक सडकले मानसरोवर जाने यात्रीलाई सजिलो हुने बताए ।

उनले भने, ‘पहिला श्रद्धालुलाई‌ मानसरोवर जानको लागि नाथुल पास मार्ग भएर जानुपर्ने अवस्था थियो । यो लामो बाटो थियो तर अब सीमा सडक सङ्गठनले लिपुलेकसम्म एक लिङ्क मार्ग बनाएको छ । ८० किलोमिटरको यो सडक भारतीय क्षेत्रमा नै बनेको हो । छिमकी राष्ट्र नेपाललाई यो सडकलाई लिएर केही गलत बुझाइ रहेको छ ।’

‘हामी बाबा पशुपतिनाथलाई बिर्सन सक्दैनौं । पशुपतिनाथ, विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कोही कसरी छुट्याउन सक्छ ? यो सम्बन्ध यो लोकको मात्रै होइन दोस्रो लोकको हो । यो सम्बन्धलाई चाहेर पनि अरु कसैले परिवर्तन गर्न सक्दैन,’ उनले भने ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : २४ बजे

जेलेन्स्की भन्छन् – सन् २०२५ भित्र युक्रेन युद्ध छिनोफानो हुनेछ

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी आक्रमणको एक हजारौँ

सोमबारको बिदाले ‘ह्रस्व दीर्घ’लाई राहत, पाँच दिनमा कमायो तीन करोड ६५ लाख

काठमाडौं- नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म मंगलबार पाँचौ दिनमा प्रदर्शनरत

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई काठमाडौं ल्याइयो

काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं

आजका समाचार : फेरि झमेलामा दुर्गा प्रसाईं, बालुवाटारमा कांग्रेस-एमाले गन्थन, बढ्यो आणविक युद्धको त्रास

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा मंगलबार

बजेट अभावले विकास आयोजना प्रभावित : सभामुख

बिर्तामोड– सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास