नर्विच सिटिविरूद्ध चेल्सीको जीत, च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायमै « Khabarhub

नर्विच सिटिविरूद्ध चेल्सीको जीत, च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायमै


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराउँदै चेल्सीले च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायमै राखेको छ ।

मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० गोल अन्तरले हरायो ।

च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जीतले ठुलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जीतले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफुलाई थप सुरक्षित गरेको छ ।

पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन् ।

दायाँबाट क्रिस्टियन पुलिसिकले उपलब्ध गराएको क्रसलाई जिराउडले हेडमार्फत पोस्टको दिशा दिए ।

चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई अब एक जीतले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : २५ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्

दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

एजेन्सी– इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित

चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा चैते छठको तेस्रो दिन आज मंगलबार अस्ताउँदो सूर्यलाई

सुन्दरताको परिभाषा बदल्दै मनिषा

काठमाडौं— ग्ल्यामरको दुनियाँमा नायिकाहरुलाई सुन्दर देखिन निकै ठूलो दबाब हुन्छ