महानायक प्रकरण : दीपाश्रीलाई क्षमा दिन राजेश हमालले गरे फ्यानलाई आग्रह « Khabarhub

महानायक प्रकरण : दीपाश्रीलाई क्षमा दिन राजेश हमालले गरे फ्यानलाई आग्रह


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानायक को हो ? भन्ने प्रकरणले विवादमा तानिएकी कलाकार दीपाश्री निरौलालाई माफि दिन महानायक राजेश हमालले उनका फ्यानलाई आह्वान गरेका छन् ।

मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दु:ख व्यक्त गरेका छन् ।

‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला,’उनले भने,‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु ।’

हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णु भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् ।

उनले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’

हमालले कला क्षेत्र दर्शकको पनि भएको भन्दै आफूहरु मैदानमा उत्रिएको सुनाए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ३९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने