ओली - दाहाल आज पनि एक्लाएक्लै वार्तामा बस्दै | Khabarhub Khabarhub

ओली – दाहाल आज पनि एक्लाएक्लै वार्तामा बस्दै


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि छलफलमा जुट्दैछन् ।

मंगलबार ६ दिनपछि भएको डेढ घण्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि ओली – दाहाल छलफल हुन लागेको हो ।

छलफलको समय तय भइनसके पनि बिहान १२ बजेअघि नै अध्यक्षद्वयबीच वार्ताको सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले भने विहान साढे ११ बजे वार्ताका लागि समय तय भएको बताए ।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको अबका छलफललाई अझ चासोपूर्वक हेरिएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएकाले त्यसअघि नै अध्यक्षद्वयबीच सहमतिको प्रयास हुनेछ ।

बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ३२ बजे

यस्तो छ सूर्यविनायक-धुलिखेल सडकको अवस्था (तस्बिरहरू) 

एजेन्सी– अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६

अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृत 

काठमाडौं– अर्थ मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत गर्ने प्रक्रियाको सुरुवात

गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै

गुल्मी– गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ

अपाङ्गता भएका विद्यार्थीलाईलाई सहयोग सामग्री

लम्की– कैलालीका तीन पालिकामा रहेका ६८ जना अपाङ्गता भएकालाई सहयोग

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा