वर्षायाममा डेंगु संक्रमणबाट यसरी बच्नुहोस् « Khabarhub

वर्षायाममा डेंगु संक्रमणबाट यसरी बच्नुहोस्


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– विश्वको ध्यान कोरोना भाइरस नियन्त्रणमै केन्द्रित छ । डेंगु, कालाज्वर, मलेरियालगायत गम्भीर प्रकृतिका संक्रमण यस वर्ष बेवास्तामा परेका छन् । यी सबैको संक्रमणको जोखिम वर्षायाममै बढी हुन्छ । र, यी संक्रमणको मुख्य कारण लामखुट्टेको टोकाइ हो ।

– यीमध्ये कतिपय संक्रमणको लक्षण कोरोनासँग पनि मिल्दाजुल्दा हुन्छन् । त्यसैले लक्षण देखिनासाथ कोरोना परीक्षणतर्फ लाग्ने र वास्तविक रोगको उपचार हुन नसक्ने जोखिम पनि उत्तिकै छ ।

– कोरोना प्रसार रोक्न बारम्बार साबुनपानीले हात धुनुपर्छ । त्यसका लागि ठाउँ–ठाउँमा हात धुने व्यवस्था छ । तर, त्यो पानीको व्यवस्थापन नगरिँदा डेंगु, मलेरिया, कालाज्वर सार्ने लामखुट्टेले प्रजननको अवसर पाउँछन् ।

– डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । एडिस लामखुट्टेले दिउँसो मात्र टोक्छ । यो रोग मानिसबाट मानिसमा सीधै सर्दैन ।

– यो लामखुट्टेले वर्षाको पानी जम्ने टिनका डब्बा, पुराना टायर, अलकत्रा र मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्यांकीलगायतमा फूल पार्छ । त्यसैले पानी जम्ने त्यस्ता डब्बाहरूको व्यवस्थापन गरौँ ।

– डेंगु ज्वरोको मुख्य लक्षण एक्कासि ज्वरो आउनु हो । यस्तो ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ ।

– आँखाको गेडी र टाउकोको पछिल्लो भाग धेरै दुख्छ । शरीर कटकटी दुख्छ । शरीरमा बिमिरा आउने र रक्तश्राव गराउँछ । जोर्नी, हड्डी र मांसपेशी दुख्छन् ।

– यीमध्ये दुईवटा मात्र लक्षण देखियो भने पनि डेंगु संक्रमण भएको शंका गर्न सकिन्छ । बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा नीलडाम देखिने, बेहोस हुने लक्षण पनि देखिन्छन् ।

– डेंगु ज्वरोको खास उपचार नभएकाले स्वास्थ्यकर्मीले लक्षणका आधारमा उपचार गर्छन् ।

– लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु ज्वरोबाट बच्ने उपाय हो । त्यसैले घरवरिपरि पानी जम्न नदिऔँ । लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाऔँ।

– पानी जमेका स्थानमा सातामा दुईपटक मोबिल र मट्टितेल छर्किने गरौँ । खानेपानीका ट्यांकी लामखुट्टे प्रवेश गर्न नसक्ने गरी ढाक्ने गरौँ । सम्भव भएसम्म सातामा एकपटक ट्यांकी सफा गरौँ ।

– कुलरमा रहने पानीमा हरेक साता १–२ चम्चा मट्टितेल हाल्ने गरौँ । र, हरेक पाँच दिनमा कुलरको पानी सफा गरौँ । गमलाको सतहमा पानी जम्न नदिऔँ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ०० बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक