वर्षायाममा डेंगु संक्रमणबाट यसरी बच्नुहोस् « Khabarhub

वर्षायाममा डेंगु संक्रमणबाट यसरी बच्नुहोस्


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– विश्वको ध्यान कोरोना भाइरस नियन्त्रणमै केन्द्रित छ । डेंगु, कालाज्वर, मलेरियालगायत गम्भीर प्रकृतिका संक्रमण यस वर्ष बेवास्तामा परेका छन् । यी सबैको संक्रमणको जोखिम वर्षायाममै बढी हुन्छ । र, यी संक्रमणको मुख्य कारण लामखुट्टेको टोकाइ हो ।

– यीमध्ये कतिपय संक्रमणको लक्षण कोरोनासँग पनि मिल्दाजुल्दा हुन्छन् । त्यसैले लक्षण देखिनासाथ कोरोना परीक्षणतर्फ लाग्ने र वास्तविक रोगको उपचार हुन नसक्ने जोखिम पनि उत्तिकै छ ।

– कोरोना प्रसार रोक्न बारम्बार साबुनपानीले हात धुनुपर्छ । त्यसका लागि ठाउँ–ठाउँमा हात धुने व्यवस्था छ । तर, त्यो पानीको व्यवस्थापन नगरिँदा डेंगु, मलेरिया, कालाज्वर सार्ने लामखुट्टेले प्रजननको अवसर पाउँछन् ।

– डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । एडिस लामखुट्टेले दिउँसो मात्र टोक्छ । यो रोग मानिसबाट मानिसमा सीधै सर्दैन ।

– यो लामखुट्टेले वर्षाको पानी जम्ने टिनका डब्बा, पुराना टायर, अलकत्रा र मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्यांकीलगायतमा फूल पार्छ । त्यसैले पानी जम्ने त्यस्ता डब्बाहरूको व्यवस्थापन गरौँ ।

– डेंगु ज्वरोको मुख्य लक्षण एक्कासि ज्वरो आउनु हो । यस्तो ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ ।

– आँखाको गेडी र टाउकोको पछिल्लो भाग धेरै दुख्छ । शरीर कटकटी दुख्छ । शरीरमा बिमिरा आउने र रक्तश्राव गराउँछ । जोर्नी, हड्डी र मांसपेशी दुख्छन् ।

– यीमध्ये दुईवटा मात्र लक्षण देखियो भने पनि डेंगु संक्रमण भएको शंका गर्न सकिन्छ । बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा नीलडाम देखिने, बेहोस हुने लक्षण पनि देखिन्छन् ।

– डेंगु ज्वरोको खास उपचार नभएकाले स्वास्थ्यकर्मीले लक्षणका आधारमा उपचार गर्छन् ।

– लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु ज्वरोबाट बच्ने उपाय हो । त्यसैले घरवरिपरि पानी जम्न नदिऔँ । लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाऔँ।

– पानी जमेका स्थानमा सातामा दुईपटक मोबिल र मट्टितेल छर्किने गरौँ । खानेपानीका ट्यांकी लामखुट्टे प्रवेश गर्न नसक्ने गरी ढाक्ने गरौँ । सम्भव भएसम्म सातामा एकपटक ट्यांकी सफा गरौँ ।

– कुलरमा रहने पानीमा हरेक साता १–२ चम्चा मट्टितेल हाल्ने गरौँ । र, हरेक पाँच दिनमा कुलरको पानी सफा गरौँ । गमलाको सतहमा पानी जम्न नदिऔँ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ०० बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८