कुमारी बैंक र जोंटा क्लबबीच सहकार्य « Khabarhub

कुमारी बैंक र जोंटा क्लबबीच सहकार्य


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कुमारी बैंक लिमिटेडले जोंटा क्लब काठमाडौँ नेपाललाई सहयोग गरेको छ ।

उक्त संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस सेवा–उन्मुख संस्थाको मुख्य उद्देश्य महिला हक अधिकार, सशक्तिकरणका मुद्दा मामिलाहरुमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै उनीहरुकोे क्षमता अभिवृद्धि गर्दै लैजानु रहेको छ । यस संस्थाका प्रसंशनीय कार्यहरुको कदर र सम्मान स्वरुप उक्त सहकार्य गरिएको बैंकका पधादिकारीले जानकारी दिए ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त कार्यक्रम माझ बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले जोंटा क्लब काठमाडौं नेपालकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम ७ लाखको चेक हस्तान्तरण गरे ।

बैंकले आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग
ईकाईहरु मार्फत ग्राहकवर्गलाई  सेवा दिँदै आएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : १९ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक