यसरी अस्वीकार गरेकी थिइन् श्रीदेवीले ‘बाहुबली’ मा शिवगामीको भूमिका « Khabarhub

यसरी अस्वीकार गरेकी थिइन् श्रीदेवीले ‘बाहुबली’ मा शिवगामीको भूमिका


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्म ‘बाहुबली’ ले विश्वभर नै धमाका मच्चायो । फिल्म मात्र हिट भएन, फिल्ममा मुख्य भूमिका निभाएका पात्रहरुको पनि खुबै चर्चा भयो ।

यो फिल्ममा श्रीदेवीलाई शिवगामीको भूमिका निभाउन प्रस्ताव गरिएको थियो । तर, उनले अस्वीकार गरेकी थिइन् । पछि यो भूमिका राम्य कृष्णनले निभाएकी थिइन् ।

जबकि, श्रीदेवीलाई शिवगामीको भूमिका निभाउन प्रस्ताव गर्न निर्देशक एसएस राजामौली श्रीदेवीको मुम्बईस्थित घर पुगेका थिए ।

श्रीदेवीलाई पनि फिल्ममा आफ्नो भूमिका र कहानी उत्तिकै मन परेको थियो । उनी पहिलेदेखि नै राजमौलीको कामप्रति प्रभावित थिइन् ।
अर्कातिर तेलुगु सुपरस्टार प्रभास पनि फिल्ममा अनुबन्ध भएका थिए ।

श्रीदेवीले तत्कालै यो फिल्ममा आफूले काम गर्ने बताइन् । राजामौली पनि खुशी हुँदै हैदराबाद फर्किए । उनले आफ्नो टिमलाई पनि यसबारेमा जानकारी दिए ।

लगत्तै राजामौलीलाई श्रीदेवीको टिम मेम्बरबाट फोन आयो कि, श्रीदेवीले यसबारेमा कुरा गर्न चाहन्छिन् ।

राजामौली आफ्नो काम छोडेर बीचमा मुम्बई आइपुगे । यसपटक मिटिङमा श्रीदेवीसँग पति बोनी कपूर पनि थिए । उनले शर्तको लामो लिस्ट तयार पारे ।

श्रीदेवीका पतिले हिरोलाई भन्दा पनि बढी पारिश्रमिक दिनुपर्ने बताए । साथै शूटिङका दौरान पूरै स्टार होटल बूक गर्नुपर्ने पनि उनले बताए ।

यति मात्र नभएर फिल्मको नाफा पनि शेयर गर्नुपर्ने उनले राजामौलीलाई प्रस्ताव गरे । यता श्रीदेवी भने पूरै मिटिङका दौरान चुप रहिन् ।

राजामौली हैदराबाद फर्किए । राजामौलीले जाने बेला श्रीदेवीलाई भनेका थिए, ‘तपाईंलाई त यो भूमिका मन परेको थियो त, फेरि यति धेरै शर्त किन राख्नुभयो ?’

राजामौलीले फिल्म हिट भयो भने श्रीदेवीलाई पनि फाइदा हुनसक्ने बताए । जवाफमा बोनी कपूरले श्रीदेवीले अभिनय नगरे फिल्म नै असफल हुन पनि सक्ने प्रतिक्रिया दिए ।

यद्यपि फिल्म बन्यो । पछि फिल्म यति हिट भयो कि, फिल्मले बलिउडमा पनि धमाका मच्चायो । पछि एक कुराकानीका क्रममा श्रीदेवीले भनेकी थिइन् – मैले निकै राम्रो भूमिका गुमाएँ । पैसा त पाइन्छ तर राम्रो भूमिका र राम्रो फिल्म बारम्बार पाइँदैन ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १२ : ४५ बजे

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा