विश्वमा कोरोना भाइरस संक्रमित ७८ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमण मुक्त | Khabarhub Khabarhub

विश्वमा कोरोना भाइरस संक्रमित ७८ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमण मुक्त


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३४ लाख ८७ हजार ८०१ जना व्यक्तिमा ७८ लाख ७६ हजार ४७० व्यक्ति संक्रमण मुक्त भएका छन् । बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८१ हजार ९६८ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभरमा ५० लाख २८ हजार ७७५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३५ लाख ४८ हजार २१३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३९ हजार १६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ९३ हजार २४१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८ हजार ३९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४१ लाख ५४ हजार ६८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८९ हजार २४ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ७ हजार ५२९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९७ हजार ४८० को मृत्यु भएको छ । एसिया ३० लाख ८९ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७३ हजार ११० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख २९ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ८०७ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार १५५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर