भलिबल खेलाडीको कोरोना बीमा गरिने « Khabarhub

भलिबल खेलाडीको कोरोना बीमा गरिने


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ ।

ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो ।

खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीमा सानो भए पनि बीमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ । खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । उनले भने, ‘खेलाडीको कोरोना बीमा अहिलेको आवश्यकता हो, ट्रष्टले यो सराहनीय काम गरेको छ।’

खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उनको भनाइ छ । खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना सङ्क्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए ।

तेह्रौँ सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो । पुरुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो । हाल भलिबल खेलाडीहरु आआफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १ : १४ बजे

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र