कपिलवस्तुका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु « Khabarhub

कपिलवस्तुका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु भएका पुरुष कपिलवस्तुको मायादेवी–७ का ४० वर्षका पुरूष हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएका उनमा कोरोनासँग मिल्दा लक्षण पनि देखिएपछि गत बुधबारबाट लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

‘कपिलवस्तुका एकजना कोरोना संक्रमितको मृत्यु भएको हो, थापाले खबरहबसँग भने, ‘उहाँमा कोरोनाको लक्षण तथा श्वासप्रश्वासको समस्या भएर अस्पतालमा लगिएको थियो, आज बिहान ४ बजे मृत्यु भयो, बिहान नै रिपोर्ट पनि पोजेटिभ आयो ।’

थापाका अनुसार ती पुरुष ४ महिनाअघि भारतबाट नेपाल फर्किएका थिए । ‘उहाँ कपिलवस्तुकै स्थानीय हो, ४ महिना अघि भारतबाट आउँदा कोरोना नेगेटिभ थियो,’ थापाले भने, ‘तर अहिलेचाँही बिरामी पर्नुभयो, उपचारको क्रममा मृत्यु नै भयो, कोरोना पनि पोजेटिभ देखियो ।’

कपिलवस्तुमा कोरोना संक्रमण फैलिएको अवस्था छ । भारतबाट फर्किदा कोरोना संक्रमण नदेखिएकोमा उनमा कपिलवस्तुमै आएपछि संक्रमण फैलिएको थापाले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : ५५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको