रूसद्वारा कोरोनाविरूद्धको खोप उत्पादन सुरू   « Khabarhub

रूसद्वारा कोरोनाविरूद्धको खोप उत्पादन सुरू  


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरू गरेको छ।

विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्धको खोप बनाएको दाबी गरिरहेको रूसले उक्त खोपको उत्पादन सुरू गरेको जनाएको हो ।

रूसको स्वास्थ्य मन्त्रालयले यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरू गरिने तयारीका साथ उत्पादन थालिएको जनाएको बीबीसीले जनाएको छ ।

द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

गत मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र आफ्नी छोरीले नै खोप लगाइसकेको बताएका छन्।

तर, रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणले समेत विश्वास नभएको भन्दै करिब आधा जति चिकित्सकहरू खोप लगाउन तयार नरहेको देखाएको छ।

विश्वकै सबैभन्दा पहिलो भू-उपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ। रुसी भाषामा स्पुत्निक भनेको भू-उपग्रह हो।

दुई दिनअघि रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताको खण्डन गरेको थियो । कतिपय मुलुकहरूले रूसले तयार पारेको खोपको मागसमेत गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : १४ बजे

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा