पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्सामा थप एक पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले नारायण अस्पताल ल्याइपुर्‍याउँदा नपुर्‍याउँदै पर्साकै ४७ वर्षीय पुरूषको मृत्यु भएको नारायणी अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको डा.सिंहले बताए । ती पुरुषलाई एकसाताअघि नै कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य अवस्था गम्भिर भएपछि मात्र आफन्तले अस्पतालमा ल्याएको र उनको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताएका छन् ।

‘आज बिहान ७ बजे  अस्पतालमा एकजना पुरुषलाई मृत अवस्थामा ल्याइएको थियो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँको कोरोना परीक्षण गर्दा दिउँसो तीन बजेतिर रिपोर्ट पोजेटिभ आयो ।’

बिहान मृत्यु भएका ती पुरूषको कोरोना परीक्षणको रिपोर्ट दिउँसो नै आए पनि स्वास्थ्य मन्त्रालयले भने उक्त विवरण अध्यावधिक गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले हरेक दिन सबा ४ बजे गर्दै आएको लाइभ अपडेटमा हरेक दिन दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ४४ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका