पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्सामा थप एक पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले नारायण अस्पताल ल्याइपुर्‍याउँदा नपुर्‍याउँदै पर्साकै ४७ वर्षीय पुरूषको मृत्यु भएको नारायणी अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको डा.सिंहले बताए । ती पुरुषलाई एकसाताअघि नै कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य अवस्था गम्भिर भएपछि मात्र आफन्तले अस्पतालमा ल्याएको र उनको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताएका छन् ।

‘आज बिहान ७ बजे  अस्पतालमा एकजना पुरुषलाई मृत अवस्थामा ल्याइएको थियो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँको कोरोना परीक्षण गर्दा दिउँसो तीन बजेतिर रिपोर्ट पोजेटिभ आयो ।’

बिहान मृत्यु भएका ती पुरूषको कोरोना परीक्षणको रिपोर्ट दिउँसो नै आए पनि स्वास्थ्य मन्त्रालयले भने उक्त विवरण अध्यावधिक गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले हरेक दिन सबा ४ बजे गर्दै आएको लाइभ अपडेटमा हरेक दिन दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ४४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको