सरुवा भएर आएका ६ प्रहरीमा कोरोना पुष्टि | Khabarhub Khabarhub

सरुवा भएर आएका ६ प्रहरीमा कोरोना पुष्टि


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए। “सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ”, उनले भने, “साउन २९ गते पीसीआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।”

सङ्क्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई/दुई तथा २० र २१ वर्षीय एक/एक जना पुरुष रहेका छन् । सङ्क्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ । जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पीसीआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।

१० स्थानीय तह रहेको जिल्लामा छ प्रहरीसहित सङ्क्रमित हुनेको सङ्ख्या १९ पुगेको छ । यसअघि सङ्क्रमण देखिएका १२ जना उपचारपछि घर फर्किसकेका छन् भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना उपचाररत रहेका छन् ।

जिल्लामा भेटिएका सङ्क्रमित सबै बाहिरी देश तथा छिमेकी जिल्लाबाट भित्रिएका मात्र रहेका छन् । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश तथा छिमेकी जिल्लाबाट आउने जिल्लावासीलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुका साथै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लाका १० वटै स्थानीय तहलाई आइसोलेसन वार्डको व्यवस्था गर्न आग्रह गरेको छ । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा गत आइतबार बसेको बैठकले जिल्लाका दुई नगरपालिकालाई २०/२० तथा आठ गाउँपालिकालाई १०/१० श्ययाको आइसोलेसन वार्ड निर्माण गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

यसैबीच जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ । लकडाउन हटेसँगै शुरु भएको भीडभाड बढ्दा कोरोनाको भाइरस सङ्क्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णयानुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको हो ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराइएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भीडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : १० बजे

गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु

गोरखा– गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा

१९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से 

काठमाडौं– आइतबार शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक

पत्रकार महासंघको निष्कर्ष : धरानका मेयरले सामजिक दूरी र द्वन्द्व बढाए

काठमाडौं- नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका कारण

म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता

म्याग्दी– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ?