५ दिन नपुगी पीसीआर परीक्षण नगर्न अनुरोध « Khabarhub

५ दिन नपुगी पीसीआर परीक्षण नगर्न अनुरोध


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्र्पकमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिपोर्ट आएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरिएको बताए ।

“पीसीआर पोजेटिभ आउन पाँच/सात दिन लाग्ने भएकाले र तुरुन्तै पीसीआर परीक्षण गर्दा फाल्स नेगेटिभ (परीक्षण गर्दा नेगेटिभ तर दुई/चार दिनपछि पोजेटिभ आउने सक्ने) हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ”, उनले भने ।

अहिले काठमाडौँ उपत्यकामा १४ अस्पताललाई पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रका रूपमा तोकी स्वाब सङ्कलन गरिँदै आइरहेको छ ।

यसका साथै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले पनि आवश्यकतानुसार स्वाब सङ्कलन गरिरहेका छन् ।

उनले उक्त अवधिभित्र सङ्क्रमितको सम्पर्कमा आएकालाई घरमै बस्नसमेत अनुरोध गरिएको जानकारी दिए । अहिलेसम्म नेपालमा पाँच लाख पाँच हजार ६६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ०५ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा