५ दिन नपुगी पीसीआर परीक्षण नगर्न अनुरोध « Khabarhub

५ दिन नपुगी पीसीआर परीक्षण नगर्न अनुरोध


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्र्पकमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिपोर्ट आएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन अनुरोध गरिएको बताए ।

“पीसीआर पोजेटिभ आउन पाँच/सात दिन लाग्ने भएकाले र तुरुन्तै पीसीआर परीक्षण गर्दा फाल्स नेगेटिभ (परीक्षण गर्दा नेगेटिभ तर दुई/चार दिनपछि पोजेटिभ आउने सक्ने) हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ”, उनले भने ।

अहिले काठमाडौँ उपत्यकामा १४ अस्पताललाई पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रका रूपमा तोकी स्वाब सङ्कलन गरिँदै आइरहेको छ ।

यसका साथै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले पनि आवश्यकतानुसार स्वाब सङ्कलन गरिरहेका छन् ।

उनले उक्त अवधिभित्र सङ्क्रमितको सम्पर्कमा आएकालाई घरमै बस्नसमेत अनुरोध गरिएको जानकारी दिए । अहिलेसम्म नेपालमा पाँच लाख पाँच हजार ६६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ०५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको