प्रिमियर लिगमा चेल्सीको विजयी सुरूवात, बाइटनमाथि सहज जीत « Khabarhub

प्रिमियर लिगमा चेल्सीको विजयी सुरूवात, बाइटनमाथि सहज जीत


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले विजयी सुरुवात गरेको छ ।

मंगलबार बिहान भएको खेलमा चेल्सीले ब्राइटनमाथि सहज जीत हात पारेको हो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३–१ को जीत निकाल्यो ।

चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए ।

खेलमा अग्रता चेल्सीले २३औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट लिएको थियो । ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पाएको थियो । जसमा कप्तानी भूमिकामा रहेका जोर्गिन्हो चुकेनन् ।

५४औं मिनेटमा ट्रोसार्डको गोलमार्फत ब्राइटन खेलमा फर्कने संकेत गरेको थियो । ब्राइटनका युवा खेलाडी लाम्पार्टीले उपलब्ध गराएको पासमा उनले डिबक्स बाहिरबाट गोल गरेका थिए ।

ब्राइटनले बराबरी गोल फर्काएको दुई मिनेटमै चेल्सीले खेलमा पुन अग्रता बनायो । जेम्सले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

चेल्सीका डिफेन्डर जुमाले कमजोर डिफेन्सको फाइदा उठाउँदै चेल्सीका लागि ६६औँ मिनेटमा तेस्रो गोल गरेका थिए ।

खेलाडी परिवर्तनमा ठूलो रकम खर्चिएको लण्डन क्लबले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जीत निकालेको हो ।

मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए ।

जीतसंगै चेल्सीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ४३ बजे

गगन थापालाई मीन विश्वकर्माको कटाक्ष : छुस्स–छुस्स भेटेर मात्र कसरी एकता हुन्छ ?

अदालतले वैशाख ६ गते नेपाली कांग्रेसको वैधानिकता विवादमा फैसला गरिदियो

नीति तथा कार्यक्रम : बालेन सदनमा जवाफ दिन नजाने

काठमाडौँ– सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्की– कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर