मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी, रोनाल्डो दोस्रो स्थानमा (सर्वाधिक कमाउने १० खेलाडीको सूचीसहित) « Khabarhub

मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी, रोनाल्डो दोस्रो स्थानमा (सर्वाधिक कमाउने १० खेलाडीको सूचीसहित)


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टिनी स्टार एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।

फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।

मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए ।

फोर्ब्सको सूची मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको १ सय १७ मिलियन डलर रहेको छ ।

यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

पीएसजीकै युवा स्टार फ्रान्सका केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।

लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् । यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैठौँ, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २९ मिलियनसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा छन् ।

त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं र म्यानचेस्टर युनाइटेडका डेभिड डी गिया २७ मिलियनसहित दशौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : ४५ बजे

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ