पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध « Khabarhub

पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

यसै सडकखण्ड अन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ३० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६