कोरोना भाइरसविरुद्ध नाकमा स्प्रे गर्ने खोपको परीक्षण गर्दै चीन « Khabarhub

कोरोना भाइरसविरुद्ध नाकमा स्प्रे गर्ने खोपको परीक्षण गर्दै चीन


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसक विरुद्धको भ्याक्सिन अझै पूर्णरुपमा तयार भइसकेको छैन ।

विश्वका कैयौं वैज्ञानिकहरु भ्याक्सिन निर्माणको तयारीमा अहोरात्र जुटिरहेका छन् । तरपनि अझै सोचेजस्तो सफलता पाउन सकेका छैनन् ।

यहीबीचमा चीनले कोभिड–१९ विरुद्ध नाकमा स्प्रे गर्ने खोपको परीक्षण मानवमाथि गर्न थालेको छ ।

गत बुधवार चीनले उक्त खोप मानवमा परीक्षण गर्नका लागि अनुमति दिएको हो । खोपलाई सियामेन विश्वविद्यालय तथा हङकङ विश्वविद्यालयका अनुसन्धाताका साथै बेइजिङ वान्ताइ बायोलोजिकल फार्मेसी इन्टरप्राइज कोले मिलेर बनाएका हुन् ।

सामान्य रुघाखोकीविरुद्धको खोपका रूपमा नेजल स्प्रे पहिले नै विकसित गरिएको हो । सुई लगाउन डराउने बालबालिका र वयस्क दुवैका लागि यो बनाइएको हो ।

नाकमा छर्किने खोप चीनले परीक्षण गरिरहेको दशौं खोप हो । आस्त्राजेनेका कम्पनीले गरिरहेको खोप परीक्षणका क्रममा एक व्यक्ति बिरामी परेपछि परीक्षण स्थगित गरिएको छ र चीनले उसलाई उछिन्ने अवसर पाएको छ ।

इन्टरनेजल स्प्रेमा कमजोर बनाइएको फ्लु भाइरस हुन्छ । त्यसमा कोरोनाभाइरसको स्पाइक प्रोटीनका जेनेटिक सेग्मेन्टहरू हुन्छन् ।

यसले कोभिड–१९ जन्माउने रोगाणुविरुद्ध शरीरको रोगप्रतिरोधक क्षमता बढाउने साइन्स यान्ड टेक्नोलोजी डेलीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ४६ बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा