बैतडीमा फेरि ८ जनामा देखियो कोरोना « Khabarhub

बैतडीमा फेरि ८ जनामा देखियो कोरोना


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सोमबार कोरोनाका सक्रिय संक्रमित शून्य भएको बैतडीमा मंगलबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १९ गतेपछि संक्रमण नदेखिएको बैतडीमा मंगलबार ८ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि जिल्लाका ३७५ जना कोरोनामुक्त भए घर फर्केका थिए ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दशरथचन्द नगरपालिका ७ का ६ जना र डिलाशैनी गाउँपालिका ७ का २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

डिलाशैनी ७ का २ वर्षीया बालिका र २४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै दशरथचन्द नगरपालिका ७ का ६ वर्षीय बालक, १० वर्षीया बालिका, १३ वर्षीया बालिका, ३२ वर्षीया महिला र ३४ र ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसिरहेका र अब उनीहरुलाई आइसोलेसनमा राखिने सम्बन्धित स्थानीय तहले जनाएका छन् । सोमबार मात्रै संक्रमित शून्य रहेका बैतडीमा मंगलबार थप ८ जनामा संक्रमण देखिएपछि जिल्लामा संक्रमितको संख्या ३८३ जनामा पुगेको छ ।

सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५२, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४५, पाटन नगरपालिकाका ४४ जनामा संक्रमण पुष्टि भईसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३३, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १ : २७ बजे

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।