सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा « Khabarhub

सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै जाँदा कुनै न कुनै दिन ठूलो दुर्घटना निम्ताउने देखिन्छ ।

बागलुङ नगरपालिकाले साँघुरो सडक रहेको देउराली चोकदेखि सन्डाँडा जाने सडक ढालन गरिएको थियो । ढलान गरेको दुई वर्षमा नै सडक भासिएको छ । सडक भासिदा दुई घर विस्थापित भएका छन् भने आठ घर उच्च जोखिममा परेको छ । सडकको बीचभागमा बागलुङ नगरपालिकामा वितरण हुने खानेपानीको मुख्य पाइप राखिएको छ । उक्त पाइप पटक पटक फुट्दा दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

सडक भासिएर निकै भिरालो भएको छ भने सवारी साधन मुस्किलका साथ आवतजावत भइरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको उक्त सडक देउरालीचोकदेखि सुन्डाँडासम्म झण्डै एक सय मिटर भासिएको सिद्धिविनायक टोल विकास समितिका अध्यक्ष प्रद्युन्न श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सवारी गुड्नै नमल्निे गरी सडक भासिए पनि बैकल्पिक सडक नहुँदा जबरजस्ती सवारी गुड्न बाध्य भएका छन् । “हामीले पटक पटक वडा कार्यालय र बागलुङ नगरपालिकामा सडक मर्मतका लागि ध्यानार्कषण गराउँदासमेत अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, अध्यक्ष श्रेष्ठले भने, “सडकभन्दा धेरैतलबाट पहिरो समेत गएको छ, सामान्य खर्चले बन्न सक्ने अवस्था छैन, सवारी आवतजावत रोकेर तत्कालै सडक निर्माण थाल्नुपर्ने आवश्यकता छ ।”

सडक भासिन थालेपछि गत असोजमा रु. सात लाख खर्चेर मर्मत गरेपनि पुनः सडक भासिएर समस्या भएको बागलुङ नगरपालिका–३ का वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिए । “सडक मर्मतसम्भारका लागि हामी प्रयत्नशील छौं, जटिल भूगोल भएका कारण निरन्तर समस्या सृजना भइरहेको छ”, उनले भने, “नगरपालिकाले रु पाँच/सातलाख बजेट छुट्टाएर भए पनि तत्काल सडक मर्मत गर्नेछ ।”

उनका अनुसार सबै सडक पुरानै अवस्थामा फर्काउनका लागि रु. ५० लाखको लागत अनुमानसहित प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको छ ।

उक्त सडक भासिदा राजकपुर श्रेष्ठ र शशिकपुर श्रेष्ठको घर बस्नै नमिल्ने गरी चर्किएको बताइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ३३ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले