‘ओपो ए ५३’ नेपालमा सार्वजनिक हुँदै « Khabarhub

‘ओपो ए ५३’ नेपालमा सार्वजनिक हुँदै


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले ए सिरिजको नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले ओपो ए ५३ स्मार्टफोन नेपालमा सार्वनजिक गर्नका लागि सबै तयार भएको जानकारी दिएको छ।

५ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा १८ वाट फास्टको फास्ट चार्जर पनि रहेको छ।

‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ ’ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत अतिरिक्त ब्याट्री क्षमता बढाउने कम्पनीको दाबी छ। त्यस्तै स्लिप स्ट्यान्डबाई अप्टिमाइजेशनले रातको समयमा २ प्रतिशत ब्याट्री क्षमता बचत गाराउने कम्पनीको दाबी छ।

४ जीबी र्‍याम भएको यो फोनमा २५६ जीबी अतिरिक्त क्षमता विस्तारको क्षमता रहेको छ।

१६ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १३ मेगापिक्सेलको प्राइमेरी क्यामेरा रहेको छ। यसमा तीनओटा क्यामेरा सेटप रहेको छ।

म्यूजिक पार्टी, मल्टि यूजर मोड, आइकन पूल डाउन गेस्चर, सिम्पल मोड लगायत सुविधा प्रदान गर्ने कलर ओएस ७.२ सञ्चालन प्रणाली रहेको छ।

नेपाली बजारमा ६४ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुने यो फोन सेप्टेम्बरभित्र सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ५९ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग