फ्रान्समा कोरोना सतर्कता बढाइयो, सार्वजनिक गतिविधिमा कडाइ « Khabarhub

फ्रान्समा कोरोना सतर्कता बढाइयो, सार्वजनिक गतिविधिमा कडाइ


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – कोरोनाभाइरस महामारीको संक्रमण फ्रान्समा फेरि बढ्न थालेसँगै फ्रान्स सरकारले देशका प्रमुख दुई शहरमा सार्वजनिक कृयाकलापमा कडाई गर्ने घोषणा गरेको छ ।

राष्ट्रव्यापी लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिन पनि फ्रान्स सरकारले सतर्कता बढाएको हो ।

सोमबार घोषणा गरिएका नयाँ प्रतिबन्धहरु मार्से र बोर्डो शहरमा लागू हुँदैछन् । यी दुई शहरमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या एकाएक बढेको छ । क्षेत्रीय स्वास्थ्य सेवामा पनि संक्रमितका कारण दबाब बढेको छ ।

बोर्डो शहरमा एकजना वरिष्ट सरकारी अधिकारीले १० जनाभन्दा बढी व्यक्ति सार्वजनिक पार्कमा भेला हुन निषेध गरेका छन् भने नदी र बिचमा पनि पनि मानिसलाई आवतजावत हुन रोक लगाइएको छ ।

साथै मनोरञ्जनात्मक क्रियाकलापहरु र छिमेकीहरुबीच भेला समारोह गर्न बन्देज गरिएको छ । केन्द्र सरकारले ५००० सम्म मानिस भेला हुन पाउने छुट दिए पनि बोर्डो शहरमा यस्तो भेला १००० मा सीमित गरिएको छ । यो सीमा रंगशाला र कन्सर्ट तथा प्रदर्शनका सन्दर्भमा लागू हुनेछ ।

फ्रान्सकै दोस्रो ठूलो शहर मार्सेमा पनि बोर्डोझैं प्रतिबन्धहरु अघि सारिएका छन् ।

फ्रान्सको स्वास्थ्य विभागले शनिबार मात्र २४ घण्टाको अवधिमा देशभर १० हजार नयाँ कोरोना संक्रमित फेला परेको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ०९ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात