काठमाडौं- ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् ।
शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।
पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताएकी छिन ।
घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पीसीआर परीक्षण गराएको शाक्यले बताइन् ।
पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जनाको रिपोर्ट पोजेटिभ आएको उनले जनाएकी छिन्।
कोरोना पुष्टिपछि तीनै जना घरमै आइसोलेसनमा बसेका छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छिन ।
शाक्यले आठौं दक्षिण एशियाली खेलकुद ढसागण मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।
प्रतिक्रिया