ओलम्पियन शाक्य दम्पतीलाई कोरोना « Khabarhub

ओलम्पियन शाक्य दम्पतीलाई कोरोना


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् ।

शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताएकी छिन ।

घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पीसीआर परीक्षण गराएको शाक्यले बताइन् ।

पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जनाको रिपोर्ट पोजेटिभ आएको उनले जनाएकी छिन्।

कोरोना पुष्टिपछि तीनै जना घरमै आइसोलेसनमा  बसेका छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छिन ।

शाक्यले आठौं दक्षिण एशियाली खेलकुद ढसागण मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ९ : ०१ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण