उच्च रक्तचाप कम गर्न के के खाने ? « Khabarhub

उच्च रक्तचाप कम गर्न के के खाने ?


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नसर्ने रोगमध्येका एक प्रमुख रोग हो, रक्तचाप । यसलाई अहिलेको आरामदायी जीवनशैलीको एक खराब उपजका रुपमा पनि लिइन्छ ।

पहिले पहिले प्राय वयस्क उमेरका मानिसमा मात्र देखिने रक्तचाप अहिले अन्य उमेर समुहका मानिसमा पनि देखिन थालेको छ । यो जो कोहीलाई सजिलै र कुनै पनि बेला लाग्न सक्छ । त्यसैले शरीरको रक्तचाप थाहा पाउन नियमित रुपमा जाँच गराउनु पर्दछ ।

उच्च रक्तचाप हुँदा हाम्रा धमनी र रक्तनलीहरुमा बढी चाप पर्छ । त्यसलाई औषधी तथा खानपानको परहेजबाट समयमै नियन्त्रण गरिएन भने हाम्रो रक्तनली कमजोर बनाइदिन्छ । अन्यथा मानिसको ज्यानै जान सक्छ । आज हामी उच्च रक्तचापलाई नियन्त्रण गर्ने केही खानेकुराका बारेमा चर्चा गर्नेछौ :

१. केरा
केरामा प्रशस्त मात्रामा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्दछ । पोटासियमले रगतमा भएको अत्यधिक सोडियम पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ ।

२. चुकुन्दर
चुकुन्दरमा पर्याप्त मात्रामा पाइने नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुल्न र रक्तचापलाई कम गर्न सघाउँछ । तसर्थ यसको रस सेवन गरे उच्च रक्तचाप नियन्त्रण हुन्छ ।

३. हरियो सागपात
हरियो सागपातमा थुप्रै भिटामीन तथा खनिजका साथै पर्याप्त पोटिसियम पाइन्छ । त्यसैले उच्च रक्तचापका रोगीहरुले हरियो सागपातहरु बढी खाँदा फाइदा हुन्छ ।

४. दही
दहीमा पाइने तत्वले रक्तनली खुम्चन र फैलिन मदुदत पुर्याउँछ । यस अलावा रक्तचापलाई नियन्त्रित राख्दछ । दहीको नियमित सेवनले उच्च रक्तचाप २० प्रतिशत कम हुन्छ ।

५. लसुन
लसुनमा नाइट्रिक अक्साइट पाइन्छ, जसले धमनी फैलिन सहयोग गर्छ । लसुनको नियमित सेवनले उच्चरक्तचाप नियन्त्रणमा आउँछ । लसुन बाहेक, तुलसी, दालचिनी, अलैंची, अदुवाले पनि उच्च रक्तचापलाई कम गर्दछ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ११ : ४१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर