भक्तपुर अस्पतालमा दूरबिनको प्रयोग गरी शल्यक्रिया सुरू « Khabarhub

भक्तपुर अस्पतालमा दूरबिनको प्रयोग गरी शल्यक्रिया सुरू


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर अस्पतालले पहिलो पटक दूरबिनको प्रयोग गरी सेवा सुरू गरेको छ ।

कोभिड–१९ को महामारीमा पनि सबै नियमित सेवा सञ्चालन गरिरहेको अस्पतालले दूरबिनको प्रयोग गरी सेवा सुरू गरेको हो ।

सर्जन डा. रञ्जिस पहाडीको नेतृत्वमा डा. मनिष मल्लिक, डा.विनय चौधरी, एनेस्थेसियन डा. निर्मल श्रेष्ठ, डा. दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोली शल्यक्रियामा सहभागी थिए।

निजी अस्पतालले ६० हजारदेखि एक लाखसम्म शुल्क लिदै आएको पित्तथैलीको शल्यक्रिया २० हजारमै गरिने भक्तपुर अस्पतालले जनाएको छ।

पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आवद्ध बिरामीको गरिएको हो। बिमितकै शल्यक्रिया भएकाले नौ हजार शुल्क मात्रै लागेको गौतमले बताइन्।

वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा लामो प्रतिक्षा (क्यूमा)मा रहेका बिरामी भक्तपुर अस्पतालमा आए सहज र सुलभरूपमै शल्यक्रिया गर्न सकिने भक्तपुर अस्पताल प्रशासनले जनाएको छ।

बिनाचिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालको भरमा गरिने शल्यक्रिया अब भक्तपुर अस्पतालमा पित्तथैलीदेखि स्त्री तथा प्रसूति रोगसम्ममा प्रभावकारी ढङ्गले गरिने गौतमले बताइन्।

चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरबिन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामै बिरामी घर जान सक्ने, कम पीडा र तुलनात्मकरूपमा सङ्क्रमणको जोखिम कम हुने हुँदा स्त्रीरोगदेखि पत्थरीसम्मको शल्यक्रिया यही प्रबिधिबाट बढी हुने गरेको छ।

ग्यास, प्रकाश र दूरबिन पठाउन पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्यास, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ।

सरकारले कोरोना हब अस्पतालको रुपमा भक्तपुर अस्पतालाई तोकेपछि पाँच भेन्टिलेटरसहित छ शैय्याको आइसीयू तयार गरिएको छ । यस्तै कोरोना सङ्क्रमित राख्ने १६ शैय्याको आइसोलेसन एवं १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ११ : ०१ बजे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु

एयरपोर्टमा अँगालेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन् : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा

भारतले फेर्दैछ केराला राज्यको नाम

काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ ।

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न