दशैंका बेला सुनसान फिल्म क्षेत्र, करोडौं रुपैयाँ घाटामा | Khabarhub Khabarhub

दशैंका बेला सुनसान फिल्म क्षेत्र, करोडौं रुपैयाँ घाटामा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलेका वर्षहरुमा हिन्दू नेपालीहरुको महान चाड दशैंका बेला फिल्म क्षेत्रमा पनि व्यापक हल्लाखल्ला हुन्थ्यो । तर, यसपटक यो क्षेत्र सुनसान छ ।

मानिसको दैनिकी सामान्य अवस्थामा फर्किए पनि स्कूल र फिल्म क्षेत्रहरू भने बन्द गरिएका छन् ।

सरकारले गतवर्ष चैतको पहिलो सातादेखि फिल्म हल बन्द गर्ने निर्णय गरेदेखि फिल्म क्षेत्र पूर्ण रुपमा बन्द भएको छ । यी सात महिनामा कुनै पनि फिल्म रिलिज भएनन् । काम नसकिएका फिल्म पनि छायांकन हुन नसक्दा रोकिएका छन् ।

यदि कोरोना भाइरस महामारी हुँदैनथ्यो भने यतिबेला दशैं ताकेर प्रदर्शनको तयारीमा रहेका फिल्महरुबीच चर्को प्रतिस्पर्धा हुन्थ्यो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ, ‘छक्का पञ्जा’ टिमका दीपकराज गिरी लगायतले गतवर्ष नै आफ्ना फिल्म दशैंमा रिलिज गर्ने दाबी गरेका थिए ।

जबकि, यी मेकरका फिल्मले दर्शकबाट पनि राम्रो प्रतिक्रिया कमाएका छन् । यसपालिको बडादशैंमा फिल्मकर्मीबीच आफ्नो फिल्म रिलिज गर्ने प्रतिस्पर्धा हुन्थ्यो । तर, कोरोना महामारीका कारण कुनै फिल्म पनि छायांकनमा नै जान सकेका छैनन् ।

यो दशैंमा रिलिज हुने भनिएका फिल्म स्किृप्ट पनि पूरा नभई थन्किएका छन् ।

अनमोल केसी र सुहाना थापाको फिल्म ‘ए मेरो हजुर ४’ पनि दशैंमा नै रिलिज गरिने तयारी थियो । तर, फिल्मको पूर्ण छायांकन नसकिँदै नेपालमा लकडाउन गरियो । कोरोना महामारीका कारण फिल्मको बाँकी काम सकिएको छैन ।

झण्डै सात महिनादेखि बन्द रहेका फिल्म हल दशैंसम्म खुल्ने धेरै फिल्मकर्मीको अपेक्षा थियो । तर, दशैं त के अझै मंसिरसम्म पनि फिल्महरु यस्तै बन्द रहने हुन् कि भन्नेमा फिल्मकर्मी चिन्तित छन् ।

वर्षभरि प्रायः फिल्म फ्लप भए पनि दशैंमा रिलिज गरेका फिल्मले करोडौंको व्यापार गर्ने गर्थे । व्यापारको लोभले गर्दा पनि फिल्मकर्मीबीच दशैंमा फिल्म रिलिज गर्ने होडबाजी नै हुने गर्थ्यो ।

कोरोना भाइरसका कारण यसपटक भने फिल्म क्षेत्र पूर्ण रुपमा सुनसान बनेको छ । फिल्मकर्मीहरु लामो समयदेखि कामविहीन बन्दै आइरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ११ : २० बजे

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका