एएफसीको मूल्याङ्कनमा नेपाली ग्रासरुट « Khabarhub

एएफसीको मूल्याङ्कनमा नेपाली ग्रासरुट


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको ग्रासरुट फुटबल कार्यक्रम एसियन फुटबल संघ (एएफसी) को मूल्याङ्कनमा पहिलो पटक परेको छ ।

पछिल्लो २ वर्षमा नेपाली फुटबलको ग्रासरुट कार्यक्रमले हात पारेको सफलतालाई हेरेर एएफसीले ब्राउन्ज स्तरको मूल्याङकनमा राखेको हो ।

एएफसीले गोल्ड, सिल्भर र ब्राउन्ज गरी ग्रासरुट कार्यक्रमलाई मूल्याङ्कन गर्ने गरेको छ । जसमा नेपाल पहिलो पटक मुल्याङ्कनमा परेको हो ।

एन्फाले ६ वर्षदेखि १२वर्ष उमेरसमुहका बालबालिकालाई यो कार्यक्रममा सहभागि गराउने गरेको छ । काठमाडौं लगायत देशका ४५ वटा सदस्य जिल्लामा एन्फाले ग्रासरुट कार्यक्रम संचालन गर्दै आएको छ ।

एन्फाले बालबालिकाहरुलाई खेलकुदमा आर्कषण बढाउने उदेश्यसहित यो कार्यक्रम २०१८ बाट सुरु गरेको हो ।

एन्फाले सामूहीक रुपमा बालबालिकाहरुलाई जम्मा गराएर फुटबल खेलइरहेको छ । काठमाडौंमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हरेक शनिबार ग्रासरुट कार्यक्रम अन्तर्गत बालबालिकाहरु अभ्यासका लागि आउने गरेका थिए । तर, नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण अहिले त्यो स्थगित भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  २ : ४९ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज