एमसीसी विरोधी २१ दलीय वाम संगठनको विरोध प्रदर्शन « Khabarhub

एमसीसी विरोधी २१ दलीय वाम संगठनको विरोध प्रदर्शन


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी अनुदान सहयोग (एमसीसी)को विरोध गर्दै २१ दलीय वाम पार्टीहरु र संगठनले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

अपरान्ह १ बजेदेखि शुरु भएको प्रदर्शनमा एकसय बढीको उपस्थिति थियो । प्रदर्शनका क्रममा एमसीसी खारेज गर्न माग गर्दै नाराबाजी भएको थियो । सहभागीहरुले सरकारबाट भइरहेका भ्रष्टाचारजन्य गतिविधिका अन्त्य गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरुले एमसीसीको खारेजीका साथै नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतले गरेको नयाँ अतिक्रमणको विरोध पनि गरेका थिए ।

कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचारको विरोध, निःशुल्क उपचारको व्यवस्था गर्न माग, भोकमरीबाट पीडित जनतालाई खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्तिको व्यवस्था, रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराध नियन्त्रण र अपराधीमाथि कारवाहीको माग गरिएको थियो ।

प्रदर्शनमा राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयमा कार्यगत एकता गर्दै आएका पार्टी तथा संगठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारावादी कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेपाल, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) रहेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ३ : १० बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन