स्वास्थ्य मापदण्ड पालनाबारे अनुगमन गर्न विभागीय मन्त्रालयलाई निर्देशन   « Khabarhub

स्वास्थ्य मापदण्ड पालनाबारे अनुगमन गर्न विभागीय मन्त्रालयलाई निर्देशन  


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी निकायमा स्वास्थ्य मापदण्ड पालना भए /नभएको निगरानी गर्न विभागीय मन्त्रालयलाई मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।

असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरुलाई सम्बन्धीत विभिन्न शेवा सुरु गर्दा पालन गर्नु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएकोबारे निगरानी गर्न मन्त्रीहरु निर्देशन दिएको हो ।

अब हरेक १५ दिन मन्त्रीहरुले आफ्नो क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको प्रधानमन्त्री केपी शर्मा ओलीसामु ब्रिफिङ गर्नु पर्ने भएको छ ।

मन्त्रिपरिषद्को कार्यालयले युवा तथा खेलकुद मन्त्रालयलाई ११ बुँदे पत्र खेल्दै उक्त निर्णय कार्यन्वयन गराउन भनेको छ ।

त्यस्तै, त्यसको कार्यन्वयनका रुपमा युवा तथा खेलकुद मन्त्रालयले आफ्नो मातहतका चारवटै निकायलाई पत्राचार गरिसकेको छ ।

‘विभन्न कार्य सेवा पालन गर्नुपर्दा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना भए/नभएको र सम्बन्धित निकायबाट सोको अनुगमन भए/नभएको सम्बन्धमा सम्बन्धित विभागीय मन्त्रीले निगरानी गर्ने र सोको जानकारी प्रत्यक १५ दिनमा प्रधानमन्त्रीलाई गराउने,’ भन्ने निर्णय मन्त्रीपरिषद् ले गरेको छ ।

खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप), राष्ट्रिय युवा परिषद्, नेपाल स्काउट र युवा तथा साना व्यसायी कोष लगायतका सबै निकायका प्रमुखलाई पत्र पठाइसकेको छ ।

अब खेलकुद सुरु होला त !

खेलाडीहरुले अभ्यास सुरु गर्न राखेप र संघहरुलाई दबाब दिइरहँदा मन्त्रिपरिषदबाट स्वास्थ्य सुरक्षा मापदण्डको निगरानी गर्न मन्त्रीलाई दिएको निर्देशनले अन्योल थपेको छ ।

‘मन्त्री ज्यूलाई नै स्वास्थ्य मापदण्ड पालनाको निगरानी गर्न भनिसकेपछि अहिले खेलकुदको अभ्यास सुरु हुने सम्भावना देखिएन । दैनिक रुपमा कोरोना संक्रमीत बढीरहेको अवस्था त्यो सम्भव होला जस्तो पनि लाग्दैन,’ युवा तथा खेलकुद मन्त्रालय स्रोतले भन्यो ।

राजधानीमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहँदा सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै अभ्यास शुरु गर्ने तयारी गरेका केही संघहरुको योजनामा यसले असर गर्न सक्ने बताइएको छ ।

राखेपले सरकारको स्वास्थ्य मापदण्ड पालना गर्न सक्ने संघलाई अभ्यास गर्न अनुमति दिने यसअघि राखेप सदस्य सचिव रमेश कुमार सिलवालले बताइसकेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ०० बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन