कोरोना संक्रमितलाई पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

कोरोना संक्रमितलाई पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन लोक सेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकर समेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना सङ्क्रमितलाई लोक सेवा आयोगको परीक्षामा सहभागी नगराउन आयोगले बनाएको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन व्यवस्था मापदण्डको ८ नम्बर बुँदा कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको हो ।

कोरोना संक्रमणको डरलाग्दो यो अवस्थामा सङ्क्रमितले परीक्षा दिन नपाउँदा विभेद हुने र नेपालको संविधानमा भएको समानताको हकको पनि उल्लङ्घन हुने सर्वोच्चले जनाएको छ । यस विषयमा १५ दिनभित्र लिखित जवाफ दिन पनि सर्वोच्चले लोक सेवा आयोगलाई आदेश दिएको छ ।

साथै सर्वोच्चले यो मुद्दाको अन्तिम किनारा नलागेसम्म सङ्क्रमित व्यक्तिलाई परीक्षाबाट नरोक्न र उनीहरुको गोपनीयता भङ्ग नहुने गरी वैकल्पिक व्यवस्थासहित परीक्षाको वातावरण मिलाउन पनि आदेश दिएको छ ।

यस्तो छ अन्तरिम आदेश

No photo description available.No photo description available.

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : २२ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ