ल्वाङका फाइदा: खोकीदेखि जोर्नी दुखेकोसम्म उपचार « Khabarhub

ल्वाङका फाइदा: खोकीदेखि जोर्नी दुखेकोसम्म उपचार


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हामीले ल्वाङलाई सामान्य रुपमा लिन्छौं तर ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् ।

यस्ता छन् फाइदा

खोकी

लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ ।

सास गनाउने

केही मानिसको सास गनाउँछ जसका कारण उनीहरूलाई लाजमर्दो स्थिति आइलाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ ।

रुघा

रुघा लागेर नाक बन्द भएमा एउटा रुमालमा ल्वाङको तेलका केही थोपा हालेर सुँघ्नुस् । बन्द नाक खुल्छ र रुघाबाट मुक्ति पाइन्छ ।

छाती पोलेको

छाती पोलेको छ भने दुईतीनवटा ल्वाङ एक गिलास पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउनुस् । ठीक हुन्छ ।

जोर्नी दुखेको

जोर्नी दुखेको र सुन्निएको छ भने ल्वाङको तेलले मालिश गर्नुस् । पीडा र पोलेको कम हुन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : ५४ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको