अत्यन्तै खतरनाक हुन्छ 'ब्रेन फग' रोग, कसरी जोगिने ? | Khabarhub Khabarhub

अत्यन्तै खतरनाक हुन्छ ‘ब्रेन फग’ रोग, कसरी जोगिने ?


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं –  ब्रेन फग रोग लागेपछि सोच्ने क्षमतामा ह्रास आउँछ । यसो हुँदा जतिखेर पनि कन्फ्युज्ड र डिसअर्गनाइज्ड फील गरिन्छ । तपाईंले सोचेको र बोलेको कुरामा अन्तर हुन्छ ।

एरिजोना विश्वविद्यालयबाट एमडी गरेका विलियम ब्लाह्दले बताएअनुसार, यो रोगले मानिसको सेन्ट्रल नर्भस सिस्टमलाई प्रभावित गरेर दिमागमा असर पार्छ ।

यसलाई मल्टिपल स्क्लेरोसिस पनि भनिन्छ । धेरै मानिसलाई स्मरणक्षय, ध्यान केन्द्रित नहुने समस्या अनि योजना बनाउने र बोल्ने समस्या हुन्छ ।

स्मरण अभ्यासले तपाईंलाई सहायता दिन सक्छ । थेरापिस्टको सहयोग लिएर तपाईं रोग हटाउन सक्नुहुन्छ ।

डिप्रेसन हुँदा मानिस ब्रेन फग फील गर्छन् । यसबाट ऊर्जा क्षय हुन्छ । डिप्रेसन हटाउन मेडिकेसन र टक थेरापी प्रयोग गरेर समस्या हटाउन सकिन्छ ।

क्यान्सर ट्रिटमेन्ट

केमोथेरापीमा प्रयोग गरिने औषधि कडा हुन्छन् । त्यसले पनि रोगीलाई चीजहरू याद राख्न समस्या ल्याउँछ । उसले नाम र मिति याद गर्न सक्दैन । काम सक्न पनि उसलाई समस्या हुन्छ । उपचारपछि यो ठीक त हुन्छ तर केही मानिसलाई यसले लामो समयसम्म दुःख दिन्छ ।

रजोनिवृत्ति

महिलामा ब्रेन फगको समस्या रजोनिवृत्तिको ठीकअघि पनि हुन्छ । लास्ट पिरियड आउनुअघि महिलाहरू ब्रेन फग अनुभव गर्छन् । अनि उनीहरूलाई अचानक पसिना आउने र मुटुको धड्कन स्तर बढ्ने तथा शरीरको तापक्रम बढ्ने समस्या हुन्छ । यसो भएमा चिकित्सकसँग अवश्य परामर्श गर्नुस् ।

गर्भवती अवस्था

केही महिलाहरूलाई प्रेग्नेन्सीका बेलामा कुराहरू सम्झिन गाह्रो हुन्छ । गर्भवती हुँदा आमाको शरीरमा रिलिज हुने रसायनले बच्चालाई रक्षा र पोषण दिन्छन् । तर यसले स्मरणशक्ति पनि हर्छन् । यस्तो लक्षण देखिनेबित्तिकै चिकित्सकलाई बताइहाल्नुस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : १५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम