पटका पड्काउँदा लागेको आगलागीबाट दुई घर जले, लाखौंको क्षति « Khabarhub

पटका पड्काउँदा लागेको आगलागीबाट दुई घर जले, लाखौंको क्षति


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम – पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ ।

स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

तिहारमा पड्काइएको पटकाबाट आगलागी शुरु भएको थियो । स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।

यस्तै आज बिहान विद्युत् चुहिएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा धनराज लिम्बूको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु तीन लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १२ : ०७ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

आज २०८२ साल फागुन ५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ५ गते मंगलबार फागुन

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका