मोटरसाइकल चोरीका घटना बढ्दो, हराएको अनुपातमा भेट्टाउने कम | Khabarhub Khabarhub

मोटरसाइकल चोरीका घटना बढ्दो, हराएको अनुपातमा भेट्टाउने कम


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ ।

विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल ज्यादै न्यून छ । मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जोकोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ ।

जिल्लामा सिसीटिभी क्यामेराको सञ्जाल नहुँदासमेत चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न असमर्थ हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ बताउँछन् ।

पछिल्लो समय चितवन प्रहरीले कात्तिक २३ गते चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न सात जनालाई सार्वजनिक गरेको थियो ।

जिल्लाको मुख्य बजार क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्नलाई प्रहरीले ग्राहक बनेर पक्राउ गर्न सफल भएको गुरुङले बताए ।

उनीहरुले मोटरसाइकल चोरी गरेपछि तुरुन्तै टाढा नलैजाने भन्दै गुरुङले चोरीको मोटरसाइकल कतै झाडीमा फालेर जाने र दुई/तीन घण्टापछि अर्को व्यक्ति आएर लिएर जाने गरेको अनुसन्धानबाट खुलेको बताए ।

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जिल्लामा १५४ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए ।

चोरी भएकामध्ये ३५ मोटरसाइकल फेला परेको भन्दै थापाले २३ मोटरसाइकल मात्रै धनीलाई फिर्ता गर्न सफल भएको जानकारी दिए ।

गत वर्ष २०७६/७७ मा दुईवटा मोटरसाइकल तथा यस वर्ष एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको भन्दै थापाले यस वर्ष बेवारिसे अवस्थामा फेला पारिएको मोटरसाइकल धनीलाई फिर्ता गरिएको बताए ।

चितवनमा आर्थिक वर्ष २०७५/७६ मा ४१ वटा मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका थिए । तीमध्ये सात मोटरसाइलक फेला पारेर सवारी धनीलाई फिर्ता गरिएको प्रवक्ता थापाले जानकारी दिए ।

मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले यस वर्ष विभिन्न छ जनालाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ७५ वटा मोटरसाइकल चोरी भएको उजुरी प्रहरीमा परेकामा १० मोटरसाइलक मात्रै फेला परेका छन् ।

फेला परेको मोटरसाइकलमध्ये नौ मोटरसाइकल मात्रै सवारी साधनका धनीलाई फिर्ता गर्न सकिएको थापाले बताए । यस वर्ष चितवन प्रहरीले मोटरसाइकल चोरीमा संलग्न १३ व्यक्ति पक्राउ गर्न सफल भएको थियो ।

चालु आर्थिक वर्ष २०७७/७८ को करिब चार महिनाको अवधिमा जिल्लामा ३७ वटा मोटरसाइकल हराइसकेका छन् । हराएका मोटरसाइकलमध्ये आधा पनि भेटिएका छैनन् ।

जिल्लामा हराएकामध्ये १५ मोटरसाइकल भेट्टाएर छ वटा सवारी साधनका धनीलाई फिर्ता गरिएको प्रहरीको भनाइ छ । करिब चार महिनाको अवधिमा प्रहरीले १२ जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीका घटना बढे पनि भेटिने अनुपात साह्रै न्यून भएकाले प्रहरीले लामो समयसम्म मोटरसाइकल पार्किङ गरेर राख्नुपर्ने अवस्थामा चेन तथा अन्य तरिकाबाट लक गर्न सुझाव दिएको छ ।

चाबीको भरमा मोटरसाइकल छोडिँदा चोरीको दर बढ्दै गएको प्रहरी उपरीक्षक गुरुङले बताए । मोटरसाइकल चोर्ने र ती मोटरसाइकलको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै गुरुङले सामान्य अवस्थामा नक्कली र सक्कली कागजपत्र छुट्याउन नसकिने बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १ : १७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट