विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाखभन्दा बढी « Khabarhub

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाखभन्दा बढी


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ ।

साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको सो विश्वविद्यालयको तथ्यांकमा जनाइएको छ ।

यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएका सो समाचारमा जनाइएको छ ।

उक्त तथ्यांकमा अमेरिकामा मात्र २ लाख ५१ हजार जना व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो ।भारतमा मात्र ८८ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

भारतमा यस संक्रमणबाट एक लाख २९ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने यसमध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ । यसैले ती देशमा पछिल्ला समयमा कडा प्रतिबन्धहरु लगाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १ : ५९ बजे

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य