महासमिति सदस्य न्यौपानेको निधनले दुःखी भएको छु- कांग्रेस सभापति देउवा « Khabarhub

महासमिति सदस्य न्यौपानेको निधनले दुःखी भएको छु- कांग्रेस सभापति देउवा


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

काङ्ग्रेसको जिल्ला कार्यसमिति कैलालीका पूर्वसचिवसमेत रहेका न्यौपानेको गए राति उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले एक शोक वक्तव्यमार्फत स्व. न्यौपानेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको सक्रिय योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

स्व.न्यौपाने क्यान्सर रोगबाट पीडित थिए । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेका श्रीमान् हुन् ।

स्व.न्यौपानेले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । काङ्ग्रेसले उनको निधनबाट एक निष्ठावान् राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ३ : ४० बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच