४१८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै  « Khabarhub

४१८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै 


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या देशभर हालसम्म ४१८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३५४ जना आईसीयू र ६४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सबैभन्दा बढी बागमती प्रदेशमा १२० जना आईसीयूमा छन् भने ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै प्रदेश १ मा ४५ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, प्रदेश २ मा १६ जना आईसीयू र १ जना भेन्टिलेटरमा, गण्डकीमा ९४ जना आईसीयूमा र १३ को  भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित आईसीमा छन्। कर्णाली र सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : २८ बजे

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको