प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छलफल « Khabarhub

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छलफल


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन् ।

छलफलमा अध्यक्ष ओलीले असन्तुष्ट पक्ष खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको जबाफ नदिने अडान लिएका छन्। यस्तै उनले आफूलाई चिड्याउने काम जारी रहेमा आफू चुप लागेर नबस्ने धम्कीसमेत दिएका छन्।

पार्टीको समस्या समाधानमा सुझाव दिन आउनुहोस् भन्दै ओलीले नेपाललाई एक्लै बालुवटार बोलाएका थिए।

वरिष्ठ नेता नेपालसँगको भेटमा ओलीले दाहालले आफूमाथि अनाहकमा बेइज्जत हुने गरी आरोप लगाएको, उनीसँग सँगै अघि बढ्ने वातावरण नभएकोसमेत गुनासो गरेको स्रोतले बताएको छ ।

‘मैले सहने पनि सीमा हुन्छ। नचाइने आरोप लगाएर मलाई हटाउन खोज्नु दुसप्रयास हो। जनताको मतको अपमान मबाट हुन्न। बरु दाहालसँग यस्तै हो भने सँगसँगै हिड्न सकिन्न,’ओलीको भनाई उद्धृत गर्दै स्रोतले खबरहबलाई बतायो ।

बालुवाटार स्राेतका अनुसार ओलीले नेता नेपालसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए ।

साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो तयार रहेको बताएका थिए ।

तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएको बताइएको छ ।

पार्टीभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिश गर्न प्रधामन्त्री ओलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए । यसैगरी आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए।

आज बिहानै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालका तर्फबाट आएको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन र आफूलाई सहयोग गर्न गौतमलाई आग्रह गरेका थिए। जवाफमा गौतमले कुनै नेतालाई गाली गरेर समस्याको समाधान नहुने भन्दै पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि आएको प्रस्ताव फिर्ता नहुने बताएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : ३२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा