क्यानाडामा कोरोनाविरुद्धको खोप सुरु गर्ने तयारी « Khabarhub

क्यानाडामा कोरोनाविरुद्धको खोप सुरु गर्ने तयारी


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि लगाउने तयारी भएको छ ।

पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिए ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेख्नेका छन्, ‘फाइजर–बायोएनटेकको कोरोनाविरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।’

उनले गत बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिए । त्यसअघि क्यानाडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निश्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो ।

खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उनले बताए ।

क्यानाडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने अपेक्षा गरेको छ । सो मात्राको खोपले एक लाख २४ हजार ५०० नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : २८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको